पारित हुन सकेन प्रदेश २ को नीति तथा कार्यक्रम
जनकपुरधाम : प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छलफल भएपनि शनिबार पारित हुन सकेन । बिहीबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा २४ घण्टे संशोधन प्रस्तावको समयावधि समाप्त भएपछि शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री लालबाबु राउतद्वारा टेबुल गरिएको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले आ आफ्ना धारणा राखेका छन ।
बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले यस वर्षको नीति तथा कार्यक्रममा पुरानै कुरा दोहोरिएको र बजेटमा समावेश नै नहुने खालका कुरा समेटिएको कुरा राखेका थिए । उनीहरुले सरकारले क्षमताभन्दा बढी कार्यक्रमहरु राखेर वाहवाही लुट्ने प्रयास मात्र गरेको धारणा राखेका थिए ।
बैठकमा प्रदेश सभा सदस्य रामआशिष यादवले भने, ‘हेर्दा र पढदा यस वर्षको नीति तथा कार्यक्रम सबै पक्षलाई समेटने गरी निकै राम्रो देखिन्छ । तर कतिको पुरा हुन्छ, त्यसमा विश्वास छैन । गत वर्षपनि धेरै राम्रा राम्रा योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको थियो । तर बजेट त्यस अनुसार विनियोजन गरिएन ।’
प्रदेश सभा सदस्य उपेन्द्र महतोले सरकारको देखाउने दाँत र गर्ने क्रियाकलाप फरक रहेको आरोप लगाउंदै नीति तथा कार्यक्रममा जनतालाई सपना देखाउने जस्ता कार्यक्रम समेटिएको भएपनि पुरा हुने कुनै आधार नदेखिएको बताए ।
त्यस्तै प्रदेश सभा सदस्यहरु सुन्दर बहादुर विश्वकर्मा, मन्जु यादव, लगन लाल चौधरी, मदन सेन श्रीवास्तव, शारदा थापा र बच्चा राउत अहिरले यस वर्षको नीति तथा कार्यक्रममा प्रायः योजना तथा कार्यक्रम गत वर्षको दोहरिएकै भन्दै नीति तथा कार्यक्रममा समेटिएका कुराहरुको आधारमै बजेट ल्याउनुपर्ने मांग गरे । जेठ ३० गते बस्ने प्रदेश सभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया