युरोकपमा वेल्स र स्वीट्जरल्यान्डको बराबरी
काठमाडौँ : युरोकप फुटबलमा वेल्स र स्वीट्जरल्यान्डले बराबरी खेलेका छन् । शनिबार राती भएको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका हुन् ।
बाकु ओलेम्कि स्टेडियममा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमै स्वीट्जरल्यान्डले अग्रता लियो । उसका लागि ४९ औँ मिनेटमा ब्रील इम्बोलोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर वेल्सले त्यो अग्रता धेरैबेर टिक्न दिएन । केईफिर मूरेले ७४ औँ मिनेटमा वेल्सका लागि बराबरी गोल फर्काए । खेलको अन्त्यतिर स्वीटजरल्यान्डले गोल गरेपनि त्यो अफसाइड भएकाले रेफ्रीले मान्यता दिएनन् ।
यो खेलमा धेरैको नजर स्टार स्ट्राइकर ग्यारेथ बेल र जार्दन शाकिरीमा थियो । तर दुवैले केही प्रहार गरेपनि गोल गर्न सकेनन् । बराबरीसँगै दुवै टिमले अंक बाँडेका छन् । यसअघि उद्घाटन खेलमा इटालीले टर्कीलाई हराउँदै विजयी सुरुवात गरेको थियो । अर्को खेलमा डेनमार्क र फिनल्यान्ड खेलिरहेका छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया