आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

गण्डकी प्रदेशमा स्तन तथा पाठेघर क्यान्सरका बिरामीको उपचार निःशुल्क

शपथग्रहणपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्तन तथा पाठेघर क्यान्सरका बिरामीको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । शपथ तथा पदभार ग्रहणपछि मुख्यमन्त्री पोखरेलले स्तन तथा पाठेघरका क्यान्सरका बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् । 

यस्तै विपद् व्यवस्थापनका लागि विज्ञसहितको टोली बनाउने निर्णय पनि गरेको छ । मुख्यमन्त्री पोखरेलसँगै कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले एक साथ प्रदेश प्रमुख सीतादेवी पौडेलबाट शपथ लिएका हुन् ।