दुर्गा प्रसाईंले भने - १३ वर्षदेखि राज्यले रुवाएको थियो सर्वोच्चले न्याय दियो

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राज्यले शोषण गरेपनि सर्वोच्च अदालतले न्याय दिएको बताएका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रसाईंले सर्वोच्च अदालतले गरेको फैसलाले न्याय मरेको छैन भन्ने प्रमाणित भएको बताएका हुन् ।
'१३ वर्ष राज्यले शोषण गरेको थियो । अन्याय गरेको थियो । हामीले जनताको पैसा लगेर मेडिकल कलेज बनायौँ । हामीलाई १३ वर्षदेखि रुवाएर राखेको थियो', उनले भने, 'अहिले सर्वोच्चले न्याय दियो ।'
उनले आफूले लाइन्सेस लिएको हतियारको पछि राज्य लागेको बताए । आफूले लिएको लाइसेन्समा देशभर जहाँ पनि लैजान पाइने लेखिएको उनले स्पष्ट पारे ।
सर्वोच्च अदालतको गेटमा चेकजाँच गर्ने क्रममा हतियारसँगै पैसा समेत लगिएको प्रसाईंले बताए । उनले मेडिकल कलेजको सम्बन्धन पाएपछि बैंकको ऋण तिर्ने समेत बताए ।

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया