मैदानमा ढलेका एरिक्सनको अस्पतालमा होस खुल्यो
काठमाडौँ : युरोकप फुटबलका क्रममा घाइते भएका डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनको होस खुलेको छ । डेनमार्क र फिनल्यान्डबीचको खेलका क्रममा एरिक्सन घाइते भएका थिए ।
मैदानमा लडेका उनी बेहोस भएका थिए । बेहोस भएका उनको होस नखुलेपछि विश्वभरका फुटबलप्रेमी स्तब्ध भएका थिए । तर मैदानमै सीपीआर प्रविधिबाट उपचार थालिएका उनको अस्पताल पुर्याएर थप उपचार गरेपछि होस खुलेको डेनमार्क फुटबल एशोसिएसनले जनाएको छ ।
उनको विश्वभरका सबै खेलप्रेमीले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनको अवस्था स्थिर रहेको जनाइएको छ । तर होस खुलेपछि उनी मैदान फर्किने आश बढेको छ ।
उनको होस खुलेपछि स्थगित गरिएको डेनमार्क र फिनल्यान्डबीचको खेल फेरि सुचार भएको छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया