प्रधानमन्त्री र प्रहरी प्रमुखले गृहमन्त्रीलाई ‘क्लिन चिट’ दिए
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाएर गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न माग गरेको छ । सहकारी ठगीमा संलग्न रहेको भन्दै काँग्रेसले लामिछानेको संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै समय लिएर बोल्दै कांग्रेस सांसद सन्जय गौतमले लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रहरी प्रमुख बसन्त कुँवरले ‘क्लिन चिट’ दिएको भन्दै आपत्ति जनाए ।
उनले संसदीय छानबिन समिति नबने लामिछानेको विषयमा कसरी निष्पक्ष छानबिन हुन्छ भन्दै प्रश्न गरे । उनले भने, 'हामीले संसदीय समितिको माग गरेको छौँ । गोरखा मिडिया नेटर्वकका नाममा ८० करोडभन्दा बढी सहकारीको रकम जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा छैन । ९० हजार जनताले कसरी न्याय पाउने भयो ?'
गौतमले यो विषय गृहमन्त्रीको नैतिकतासँग जोडिने भन्दै स्वार्थ बाझिने काम भइरहेको पनि उल्लेख गरे । पूर्वअर्थमन्त्रीद्वय रामशरण महत र जर्नादन शर्मा तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको उदाहरण दिँदै लामिछानेलाई नैतिकता देखाउन उनले आग्रह गरे ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया