उत्तरपुस्तिका हराएर लापरबाही गर्नेलाई तत्काल कारबाही गर्न माग

काठमाडौं - नेकपा एमालेकी सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएर लापरबाही गरेको भन्दै कारबाही गर्न माग गरेकी छन् ।
उनले आइतबारको प्रतिनिधिसभा बैठकमा गत वैशाखमा भएको जनसंख्या र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीको नतिजा आउनुपर्नेमा पुनः परीक्षा दिनुपर्ने सूचना प्रकाशित गरेर निर्देशन दिएको बताइन् ।
“उनीहरूको नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको छ,” उनले भनिन् ।
भट्टराईले १८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएको विषयले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताइन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया