गाजामा युद्धविराम गर्न कायरमा वार्ताको तयारी

कायरो - इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले इजिप्टको कायरोमा आइतबार वार्ता सुरु हुँदैछ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक संकेत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ ।
उक्त अखबारले इजिप्टको सुरक्षा स्रोतलाई उद्धृत गर्दै इजिप्टको राजधानी कायरोमा सोमबार वार्ता हुन लागेको बताएको छ ।
इजिप्ट, कतार र इजरायलको मुख्य सहयोगी संयुक्तराज्य अमेरिकाले यसअघिका बैठकको पनि मध्यस्थता गरेका थिए तर ती वार्तामा खासै प्रगति हुन सकेको थिएन ।
यसअघिका वार्तामा रमादान अघि नै युद्धविराम गर्ने प्रयास गरिएका थिए तर दुबै पक्षबीचको गतिरोधको अन्त्य हुन सकेन । अहिले मुस्लिम समुदायको पवित्र रमादानको आधा महिना बितिसकेको छ ।
गत शुक्रबार नेतान्याहुले दोहा र कायरोमा नयाँ चरणको युद्धविराम वार्ता गर्नेगरी स्वीकृति प्रदान गरेका थिए ।
प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री नेतान्याहुले इजरायली गुप्तचर निकाय (मोसाद) का प्रमुख डेभिड बार्नीलाई वार्ताका बारेमा बताएको जनाइएको छ । तर बार्नी स्वयं यी वार्तामा सहभागी हुने वा नहुने बारेमा केही बताइएको छैन ।
गाजामा बन्धक बनाइएका परिवारका सदस्यले इजरायलको ठूलो शहरको मुख्य राजमार्गमा विरोध प्रदर्शन गरेपछि सरकारले पुनः वार्ताको पहल थालेको अनुमान गरिएको छ । प्रदर्शनकारीले बन्धक छुटाउन र गाजामा इजरायलले गरिरहेको युद्धप्रति विरोध जनाएका थिए ।
हमास विद्रोहीले अक्टोबर ७ का दिन इजरायली भूमिमा प्रवेश गरी २५० जनालाई बन्धक बनाएका थिए जसका कारण इजरायल र हमासबीच भिषण युद्ध जारी छ । इजरायलको अनुमानमा १३० जना अझै पनि हमासको नियन्त्रणमा रहेका र ३३ जना मारिएका छन् ।
युद्धविरामको एक प्रमुख शर्त भनेको गाजामा बन्धक बनाइएका इजरायलीलाई मुक्त गर्ने र इजरायलको जेलमा रहेका प्यालेस्टिनीलाई छाड्ने रहेको छ ।
यसैबीच, फ्रान्सका विदेशमन्त्री स्टेफानी सेजोर्न पनि इजरायल–हमासबीच युद्धविराम गराउन कायरो भ्रमणमा रहेका छन् । उनले जोर्डनका कुटनीतिज्ञसँग पनि यसबारेमा परामर्श गर्नेछन् ।
गत सोमबार राष्ट्रसंघ सुरक्षा परिषदले पनि गाजामा तत्काल युद्धविराम गर्ने सम्बन्धी एक प्रस्ताव पारित गरिसकेको छ ।
गाजा युद्धका कारण इजरायलले गरेको सैनिक कारबाहीमा कम्तीमा ३२ हजार ७०५ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।
रासस
युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ?

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

प्रतिक्रिया