एरिक्सन घाइते भएको खेलमा फिनल्यान्ड विजयी
काठमाडौँ : स्टार मिडफिल्डर क्रिष्टियन एरिक्सन घाइते भएको खेलमा डेनमार्क फिनल्यान्डसँग पराजित भएको छ । घरेलु मैदान पार्कन स्टेडियममा शनिबार राती भएको खेलमा डेनमार्क फिनल्यान्डसँग १-० गोलले पराजित भएको हो ।
फिनल्यान्डका लागि जोइल पोजेनपालोले खेलको ६० औँ मिनेटमा हेड गोल गरेका हुन् । पहिलो हाफमा गोल हुन नसकेको खेलमा डेनमार्कका एरिक्सन गम्भीर घाइते भएका थिए । उनको होस नखुल्दा खेल स्थगित गरिएको थियो ।
तर अस्पताल पुर्याएर थप उपचार सुरु गरेपछि उनको होस खुलेपछि खेल फेरि सुचारु गरिएको थियो । डेनमार्कका महत्वपूर्ण खेलाडी मिडफिल्डर एरिक्सन नभएको फाइदा उठाउँदै फिनल्यान्ड गोल गर्न सफल भयो । आफ्ना मिडफिल्डर गम्भीर घाइते हुँदा स्तब्ध बनेको घरेलु मैदानमा डेनमार्कका खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न सकेनन् ।
खेल बराबरी गर्ने मौका पाएको डेनमार्कले पेनाल्टी समेत खेर फाल्यो । ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा डेनमार्कका पिर्रे इमिले होज्बजर्ग गोल गर्न असफल रहे । जसकारण डेनमार्क पहिलो खेलमै पराजित हुन पुग्यो भने आफ्ना महत्वपूर्ण खेलाडीको चोटमा स्तब्ध बन्यो ।
झण्डै मैदानमै मृत्युको मुखमा पुगेका एरिक्सनको अस्पतालमा होस खुलेपछि विश्वभरका खेलप्रेमीले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया