गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा यस विषयलाई उठाइरहन्छौं : कांग्रेस
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा यस विषयलाई उठाइरहने जनाएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा काग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गर्दै समिति गठन नभएसम्म सदनमा यस विषयलाई उठाइरहने जनाएको हो । कांग्रेसका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका नेता सञ्जयकुमार गौतमलाई बोल्न समय दिएका थिए ।
गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे । यो विषयमा प्रधानमन्त्रीले दिएको जवाफ, प्रहरी प्रमुखले दिएको जवाफले न्याय निरूपण कसरी हुन्छ भन्ने संशय पैदा भएको उनले बताए ।
संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उनले बताए । गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु कन्फ्क्टि अफ इन्ट्रेस्ट रहेको पनि उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया