लुकाकुको दुई गोलमा बेल्जियमले रुसलाई हरायो
काठमाडौँ : युरो २०२० मा बेल्जियमले रुसलाई हराएको छ । शनिबार राती भएको खेलमा बेल्जियमले रुसलाई ३–० गोलले हराएको हो । बेल्जियमलाई जिताउन रोमेलु लुकाकुले दुई तथा थोमस मेउनियरले एक गोल गरे ।
खेल सुरु भएको १० औँ मिनेटमै पहिलो गोल गरेका लुकाकुले खेल सकिन दुई मिनेट बाँकी हुँदा दोस्रो गोल गरे । ३४ औँ मिनेटमा मेउनियरले गोल गर्दा टिमको फराकिलो जित सम्भव भएको हो ।
जितसँगै बेल्जियम ३ अंकसहित समूह बी को शीर्ष स्थानमा छ । गए राती कै अर्को खेलमा डेनमार्कलाई हराएको फिनल्यान्ड समान अंकसहित दोस्रो स्थानमा छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया