एचआर मिट २०२४ मा दुई अवार्डबाट एनसेल सम्मानित

काठमाडौँ- नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जित्न सफल भएको छ ।
स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको एचआर मिट २०२४ को विशेष समारोहमा शनिबार एनसेललाई यी अवार्डहरू प्रदान गरिएका हुन् । राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात नेशनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डको रुपमा चिनिन्छ र यसअघि एनसेलले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो ।
एनसेल एचआर मिट २०२४ मा दुई वटा विधामा अवार्ड प्राप्त गर्ने एनसेल एक मात्र कम्पनी हो । यो सम्मान एनसेलले व्यवसाय सञ्चालनका हरेक पक्षमा उत्कृष्टताका लागि गरेका निरन्तरको प्रयासको प्रमाण हो ।
नेशनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रमशक्तिको पोषण गर्ने कम्पनीको संस्कृति र प्रतिबद्धताको सम्मान गरेको छ ।
'यो उल्लेखनीय उपलब्धि हामी कसरी आफ्ना श्रमशक्ति केन्द्रित भएर कार्य गर्छौ भन्ने कुराको एक प्रमाण हो । एनसेल परिवारका प्रत्येक सदस्य हाम्रो यो सफलता र उनीहरूको समर्पण तथा योगदानको लागि हृदयदेखि प्रशंसाको हकदार छन् । यी सम्मानहरूका लागि हामी निर्णायक मण्डल र आयोजक ग्रोथसेलर्स नेपाललाई धन्यवाद दिन्छौं' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
प्रा.डा. विजय केसी, बिना राणा र रितु न्याछो सम्मिलित निर्णायक मण्डलले एनसेललाई ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ बाट सम्मान गर्ने निर्णय गरेको थियो ।
एचआर मिट २०२४ मा विभिन्न कम्पनीहरूलाई क्षेत्रगत रुपमा गरिएका उत्कृष्ट कार्यको सम्मान गर्दै एचआर इनोभेशन एन्ड टेक्नोलोजि अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर एक्पिरियन्स अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर ब्रान्डिङ अवार्ड २०२४ र एक्सिलेन्स इन इन्डष्ट्रयिल रिलेशन अवार्ड २०२४ प्रदान गरिएका थिए ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया