म्यानचेस्टर सिटी र आर्सनलले बराबरी खेल्दा लिभरपुल शीर्ष स्थानमा

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले बराबरी खेल्दा लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति सम्पन्न खेलमा सिटी र आर्सनलले गोलरहित बराबरी खेले । अर्को खेलमा भने लिभरपुलले ब्राइटनलाई २-१ गोलअन्तरले पराजित गर्यो ।
बराबरीसँगै २९ खेलबाट ६५ अंक जोडेको आर्सनल दोस्रो स्थानमा झरेको छ भने समान खेलबाट ६४ अंक जोडेको सिटी तेस्रो स्थानमा यथावत छ ।
यता ब्राइटनमाथि जित हात पारेको लिभरपुल भने ६७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।
लिभरपुलको जितमा लुइस डियाज र मोहमद सालाहले एक-एक गोल गर्दा ब्राइटनका लागि डेनी वेलबेकले एक गोल गरे ।
ब्राइटन ४२ अंकसहित नवौँ स्थानमा छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया