दोस्रो टेस्टमा इंगल्यान्ड हार नजिक
काठमाडौँ : पहिलो पालीमा न्युजिल्यान्डले शानदार प्रदर्शन गरेपछि दोस्रो पालीमा खराब प्रदर्शन गरेको इंगल्यान्ड हार नजिक पुगेको छ । दोस्रो पालीमा लगातार विकेट पतन भएपछि इंगल्यान्ड हार नजिक पुगेको हो ।
पहिलो पालीमा ३०३ रन बनाएको इंगल्यान्डले दोस्रो पालीमा १२९ रन बनाउँदा ९ विकेट गुमाइसकेको छ । न्युजिल्यान्डले पहिलो पालीमा नै ३८८ रन बनाएको थियो । पहिलो पालीमा झिनो अग्रता लिएको न्युजिल्यान्डले दोस्रो पालीमा इंगल्यान्डलाई सस्तैमा अलआउट गर्ने सम्भावना बढेपछि जित सुनिश्चित गर्ने भएको हो ।
तेस्रो दिनको खेल सकिदा इंगल्यान्डले मात्रै ३७ रनको अग्रता लिएको छ । उसले ९ विकेट गुमाइसकेको छ । चौथो दिन न्युजिल्यान्डले झिनो लक्ष्य पूरा गर्दै सहजै जित्ने अनुमान गरिएको छ । यसअघि पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया