सहकारी ठगी प्रकरणमा संसदीय समितिको गठन गर्न कांग्रेसको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेकाे भन्दै छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।
संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पीडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन् ।
सांसद गौतमले सरकारले सहकारी ठगीको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन् । उनले संसदीय समिति गठन गर्ने विषयलाई ठूलो विषय नबनाउन आग्रह गर्दै आफू माथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने बताइन् ।

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

प्रतिक्रिया