न्यारोबडी विमान खरिदबारे जवाफ पेस गर्न निगमलाई संसदीय समितिको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी विमान खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकबाट यस्तो निर्देशन दिइएको हो ।
न्यारोबडी विमान खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कार्य नभएको विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए । उनले न्यारोबडी विमानका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए ।
समितिलाई विश्वास दिलाउन नसके थप कारबाहीका निम्ति बाध्य हुने उनले चेतावनी दिए । उनले निगमले विमान खरिदपछि बनाएको व्यावसायिक योजना पनि पेस गर्न निर्देशन दिए ।
युरोपियन युनियनको कालोसूचीबाट हट्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र निगम एक ठाउँमा हुन जरुरी रहेको उनले बताए ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया