नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ - नेप्से परिसूचक ६ अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से ६.२६ अंकले घटेर २०१२.७ अंकमा रोकिएको छ ।
आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ ७५ पैसाको कारोबार भएको छ ।
गुराँस लघुवित्त कम्पनी र माइखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यस्तै माहुली लघुवित्त वित्तीय संस्थाकाे ९.४४, तारागाउँ रिजेन्सी होटल लिमिटेडकाे ७.२५ र प्रभु बैकं डिभेन्चरको ६.२४ प्रतिशतले सेयर बढेको छ ।
यता, रिभर फल्स पावर लिमिटेडको ९.९८, हिमालयन हाइड्रोपावर लिमिटेडको ६.२७, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको ६.१७, धौलागिरि लघुवित्त वित्तीय संस्थाको ५.३७ र एलआइसी एसिया ग्रोथ फन्डको ३.५६ प्रतिशतले सेयर घटेको छ ।
सर्वाधिक सेयर कारोबार हुनेमा सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, गुरर्खाज फाइनान्स, पिपुल्स पावर लिमिटेड र माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

प्रतिक्रिया