रेशम चौधरीको आरोप : सत्ता गठबन्धनको हस्तक्षेपका कारण पार्टीमा विवाद उत्पन्न भएको हो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सत्ता गठबन्धनको हस्तक्षेपका कारण पार्टीमा विवाद उत्पन्न भएको आरोप लगाएका छन् ।
सोमबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले वर्तमान सरकारले पार्टी चलाएकाले पार्टीभित्र विवाद उत्पन्न भएको आरोप लगाएका हुन् । चैत्र २३ र २४ गते केन्द्रीय समितिको बैठक बोलाएको भन्दै उनले पार्टी भित्र अराजक गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।
चौधरीले सरकारका जाने कि नजाने विषयमा पार्टीमा विवाद भएको तर कसैमाथि पनि हातपात नभएको जिकिर गरे । आफूले कसैलाई हत्या गर्ने धम्की नदिएको भन्दै उनले आफूहरू चाहिँ असुरक्षित भएको बताए ।
उनले पार्टीलाई अहिलेसम्मको अवस्थामा ल्याउन आफूले ठूलो मेहनत गरे पनि घरकै मान्छेले कुरा नसुन्दा ठूलो समस्या भएको धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया