राप्रपा सत्ताको खेलमा लाग्दैन : अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू सत्ताको खेलमा नलाग्ने बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले वर्तमान गठबन्धन टिकाउन र गठबन्धन भत्काउन आफूहरूलाई दुवै पक्षबाट आग्रह आएको भए पनि आफूहरू सत्ताको खेलमा नलाग्ने बताएका हुन् ।
राप्रपा अध्यक्ष लिङ्देनले केही स्थानीय तह र केही प्रदेश सभाको सभामुखमा बाहेक सत्ताका लागि कतै र कुनै खेलमा नलागेको बताए । मुलुकको वर्तमान अवस्था व्यवस्थाका कारण भएकाले व्यवस्था परिवर्तन नगरी मुलुकको समस्या समाधान नहुने भएकाले अहिले जनजागरण अभियानमा जुटेको उनले बताए ।
अध्यक्ष लिङ्देनले अमेरिकाका राजदूतले धर्मप्रति अनास्था फैलाउन कुनै पनि देशमा सहयोग नगरेको स्पष्ट पारेको जानकारी दिए । उनले भारतीय जनता पार्टीले नेपालमा हिन्दु राज्यका लागि अनुदान दिएको उल्लेख भएको रिपोर्ट अमेरिकाले सच्याएको भन्दै बाहिर हल्ला भए जस्तो नभएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया