गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा
पोखरा : गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् । २०७४ साल फागुन २१ गते घिमिरे गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । शनिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढलेसँगै मुख्य न्यायाधिवक्ता घिमिरेले राजीनामा दिएका हुन् ।
प्रदेश प्रमुख सीतादेवी पौडेललाई मुख्य न्यायाधिवक्ता घिमिरले राजीनामा पत्र बुझाएका छन् । शनिबार प्रदेश प्रमुख पौडेलले बहुमत दाबीअनुसार विपक्षी गठबन्धनबाट कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्रीको कानुनी पाटो हेर्ने मुख्य न्यायाधिवक्ता सरकार परिवर्तन भएसँगै राजीनामा दिएर बाहिरिने प्रचलन छ ।

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया