इतिहासमा आज

काठमाडौँ- २०५९ माघ १८ तत्कालिन माओवादीले डा. बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा गरेको थियो । चैत २० गते काठमाडौँको आमसभामा वार्ता टोलीका सदस्यहरूले सम्बोधन गरेका थिए ।
त्यसैगरी २०६१ फागुन १ गते तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट सम्बोधन गरेका थिए । चैत २० गतेदेखि ३० गतेसम्म माओवादीद्वारा ११ दिने देशव्यापी आमहड्ताल घोषणा गरिएको थियो ।
सन् १९१७ अप्रिल २ मा अमेरिकी राष्ट्रपति उड्रो विल्सनले कंग्रेसलाई जर्मनीविरुद्ध युद्ध घोषणा गर्न आग्रह गरे । कंग्रेसले चार दिनपछि युद्धको घोषणा गरेको थियो ।
सन् १९८२ अप्रिल २ मा अर्जेन्टिनाका हजारौं सेनाले बेलायतबाट दक्षिण एट्लान्टिकमा रहेको विवादित फकल्याण्ड टापुहरू कब्जा गरेका थिए । त्यसपछि बेलायतले पनि अर्को जुनमा टापुहरू कब्जा गरेको थियो ।
सन् २००२ अप्रिल २ मा इजरायलले बेथलेहेमको नियन्त्रण कब्जा गरेको थियो । प्यालेस्टाइनी बन्दुकधारीहरूले येशुको परम्परागत जन्मस्थल चर्च अफ नेटिभिटीमा जबरजस्ती पसेर ३९ दिन अवरोध गरेका थिए ।
सन् २००७ अप्रिल २ मा जलवायु परिवर्तन सम्बन्धी आफ्नो पहिलो मुद्दामा अमेरिकी सर्वोच्च अदालतले म्यासाचुसेट्स बनाम वातावरण संरक्षण एजेन्सीमा कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासहरू स्वच्छ वायु ऐन अन्तर्गत वायु प्रदूषकहरू हुन् भनेर निर्णय गरेको थियो ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया