कर्णालीमा अन्योलता: के होला विश्वासको मत लिने प्रस्ताव ?

कर्णाली - नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।
यसअघि सोमबार केन्द्रमा सहमति भएपनि प्रदेशमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकोले कर्णालीमा राजनीतिक अन्योलता बढेको छ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । माओवादीमा भने कर्णालीको नेतृत्व एमालेलाई दिने विषयमा एक मत नभएपछि समस्या आएको छ ।
कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरु रहेका छन् । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको छ । माओवादीको एक पक्ष विश्वासको मत लिनुपर्नेमा जोड दिँदै रणनीति बनाउन व्यस्त देखिएका छन् भने अर्को पक्षले केन्द्रको सहमति तोडेर जान नहुने पक्षमा रहेको देखिएको छ ।
त्यस्तै एमालेले भने केन्द्रको सहमति पालना गरेर विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ । गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि संविधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आज अन्तिम दिन हो ।
मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन विपरीत विश्वासको मत लिन खोजेमा विश्वासको मत लिन उनलाई एमाले वा कांग्रेसको मत आवश्यक पर्ने गर्दछ । विकसित घटनाक्रम अनुसार एमालेले विश्वासको मत दिने सम्भावना कम रहेको बताइएको छ भने कांग्रेस सरकारबाट बाहिरिएका कारण विश्वासको मत दिने सम्भावना रहेको देखिँदैन ।
४० सदस्य रहेको कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको एक एक सिट रहेको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया