काँग्रेसले भन्यो - जनताको पैसा दुरुपयोग भयो, न्याय टुहुरो भयो
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।
संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरे ।
गृहमन्त्री लामिछानेमाथि छानबिनको भइरहेको छ भन्दा काँग्रेस चुप लागेर बसेको उनले बताए । उनले भने, 'प्रहरी प्रमुख र प्रधानमन्त्री पुष्पकमल दाहालले नै गृहमन्त्री दोषी नभएको बताएपछि अनुसन्धान प्रभावित भयो, सरकारले अनुसन्धान अलपत्र पार्यो ।'
जनताको पैसा दुरुपयोग भएको भन्दै उनले जनताको न्याय टुहुरो भएको बताए । त्यसैले पनि काँग्रेसले छानबिन समितिको माग गरेको उनले स्पष्ट पारे ।
उनले गृहमन्त्रीले नयाँ गर्छु भन्नुभएकाले छानबिन समिति बनाएर आरोपलाई टुंग्याउनसमेत आग्रह गरे ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया