विश्वमा सबैभन्दा धेरै कमाउने एप टिकटक : यी १० एपले कति कमायो ?

काठमाडौँ- अमेरिकी संसद्मा निरन्तर आलोचना हुने गरेको र भारतमा प्रतिबन्धित हुनुका साथै चीनमा प्रयोग पनि गर्न नपाइने एप टिकटकको मासिक कारोबार अरू एपसँगको तुलनामा लगातार १५ महिना अग्रस्थानमा रहन सफल भएको छ ।
मोबाइल एपको प्रयोग सम्बन्धि सर्वेक्षण गर्ने कम्पनी एप फिगरका अनुसार फेब्रुअरीमा टिकटकको कारोबार १९ करोड डलर थियो भने दोस्रो नम्बरमा युट्युबको ११ करोड डलर रहेको थियो ।
एप फिगरका अनुसार टिकटकको आम्दानीका दुई वटा स्रोत छन् । एउटा विज्ञापन हो भने अर्को इन-एप खरिदहरू हो । जहाँ प्रयोगकर्ताहरूले लगभग ०.०२ डलरमा एक सिक्का खरिद गर्छन् (न्यूनतम खरिद एक पटकमा ६५ सिक्का रहेको छ ) । यी सिक्काहरू लाइभ स्ट्रिमहरूको समयमा सिर्जनाकर्ताहरूलाई सुझाव दिन र हेराइहरू बढाउनलगायत व्यक्तिगत पोस्टहरूलाई बढावा दिन प्रयोग गर्न सकिन्छ ।
टिकटकले आफ्नो सिक्कालाई प्रयोगकर्ताहरुका माझ लामो समयदेखि फेसबुक, एक्स (पहिले ट्वीटर), स्न्याप र इन्स्टाग्रामका सिक्काभन्दा धेरै प्रभावकारी रूपमा प्रयोग गराउन सफल भएको मानिन्छ ।
एप फिगरका अनुसार फेब्रुअरी २०२४ मा एप स्टोर र गुगल प्लेमा भएको कारोबारका आधारमा ठूला १० येपहरू निम्नानुसार रहेका छन् ।
Tiktok- १८ करोड डलर
Youtubek- ११.१ करोड डलर
Disney+- १० करोड डलर
Tinder- ८.५ करोड डलर
Max (HBO)- ५ करोड डलर
LinkedIn- ३.९ करोड डलर
Bumble- ३.९ करोड डलर
Hulu- ३. ४ करोड डलर
Peacock TV- ३.३ करोड डलर
Audible- ३.३ करोड डलर

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

प्रतिक्रिया