जसले सगरमाथा चढ्न १३ वर्ष मलेसियामा काम गरे

काठमाडौँ - सगरमाथा चढ्नका लागि धेरैले चन्दा संकलन गर्ने गर्छन् । तर पाँचथरका उदय केरुङ त्यस्ता व्यक्ति हुन् जो सगरमाथा चढ्नकै लागि वैदेशिक रोजगारमा गए ।
सगरमाथा चढ्ने उनको सपना पुरा गर्न उनले मलेसियामा १३ वर्ष काम गरे । सगरमाथा चढ्न लाग्ने पैसा जम्मा गरेर यसैवर्ष स्वदेश फर्किए ।
'धेरै मानिस वैदेशिक रोजगारमा गएपछि घर खेत, सम्पति जोड्ने सपना हुन्छ', उनले भने, 'म सगरमाथा चढ्ने पैसा जम्मा गर्नकै लागि मलेसिया गए ।' उनले सगरमाथा चढ्न निकै महंगो भएको बताए । सगरमाथा चढ्न उनले ३० लाख बढी खर्च लाग्ने बताए ।
उनी अप्रिल ७ मा सगरमाथा चढ्दै छन् । उनले पाँच महिनाअघि मनास्लु हिमालको आरोहण गरेका थिए ।

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

प्रतिक्रिया