वीरगञ्जको जीएचपी स्कुलले छात्रालाई परीक्षा दिन रोक्यो

काठमाडौँ- वीरगञ्ज महानगरमा रहेको जिएचपी स्कुलले शुल्क नतिरेको भन्दै एक परीक्षार्थीलाई परीक्षामा सामेल गराएको छैन । आफ्ना छोराछोरीलाई यातनासहित परीक्षामा सामेल नगराएपछि अभिभावकले महानगरमा लिखित उजुरी दिएका छन् ।
दुई वर्षदेखि सो विद्यालयमा छोराछोरी अध्ययन गरिरहेको र पछिल्लो समयमा आफ्नो आर्थिक अवस्था कमजोर भएपछि शुल्क तिर्न ढिला भएको र सो क्रममा विद्यालयले छोराछोरीलाई कुट्ने, घाममा उभ्याउने र शुल्कको लागि मानसिक यातना दिने गरेको अभिभावक घनश्याम ठाकुरले बताए ।
कक्षा आठको परीक्षामा सहभागी नगराएर मेरो छोरीको भविष्य बर्बाद पारिरहेको ठाकुरको भनाइ छ । ‘विद्यार्थीको भविष्य भन्दा विद्यालयले पैसाको मुख हेरेको छ,’ उनले भने ।
उनले आफ्नो क्षमता भएपछि शुल्क तिर्ने र हाल आफूलाई आर्थिक संकट भएको भनी लिखित कागज गर्न तयार भए पनि विद्यालयले सो कुरा नमानेको र पटकपटक तीन/चार घण्टासम्म कक्षा बाहिर घाममा उभ्याएर यातना दिएको विरुद्ध महानगरमा उजुरी गरेका छन् । उजुरी गरेको भोलिपल्ट विद्यालय नआउन भनी स्कुलले छोराछोरीलाई सूचित गरेको बताए ।
उनले घटना बारेमा महानगरमा बुधबार लिखित उजुरी दर्ता गराएको र छोराछोरीलाई विद्यालयबाट हटाएको बताए । उनले शुल्क तिर्न नसक्दा विद्यालयले अर्ध वार्षिक परीक्षामा पनि सहभागी नगराएको बताए ।
महानगर शिक्षा महाशाखाका हरि राउतले घटनाबारे आफूले विद्यालयको ध्यानाकर्षण गराएको र विद्यालयले ठूलो परिमाणमा शुल्क बाँकी रहेको तथा कुनै पनि प्रकारको यातना नदिएको जनाएकाे बताए ।
उनले विद्यालय पक्षले यातना दिएको प्रमाणित भएमा जुनसुकै सजाय भोग्न तयार रहेको जनाएको बताए ।

शिक्षकहरूको आन्दोलन अब बिहान ९ बजेदेखि १२ बजेसम्म

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरका विद्यालय
कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

सरकारलाई शिक्षक महासंघको जवाफ- शिक्षा विधेयक पारित नभएसम्म विद्यालय फर्किँदै…

मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

प्रतिक्रिया