झिनो अंकले घट्यो सेयर बजार

काठमाडौँ - सेयर बजार झिनो अंकले घटेको छ । साताको तेस्रो दिन सेयर १.८५ अंकले घटेर २ हजार १०.२० मा रोकिएको छ ।
आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५५८ रुपैयाँ ४९ पैसाको कारोबार भएको छ ।
आज लघुवित्तहरुको सेयर बढेको छ । गुराँस लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै गनपति लघुवित्त वित्तीय संस्थाको ९.९५, उपकार लघुवित्त वित्तीय संस्था ८.६४, विन नेपाल लघुवित्त संस्थाको ६.९४ र स्वाभिमान लघुुवित्त वित्तीय संस्थाको ६.५ प्रतिशतले सेयर बढेको छ ।
सबै भन्दा बढी सेयर घट्नेमा ज्योति विकास बैंक रहेको छ । ज्योतिको सेयर ७.५ प्रतिशतले घटेको छ । यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको ५.२८, तारागाउँ रिजेन्सी होटलको ४.९४, माया खोला हाइड्रोपावरको ४.२६ र चिर्खवा हाइड्रोपावरको ४.१९ प्रतिशतले सेयर घटेको छ ।
सर्वाधिक सेयर कारोबार हुने कम्पनीहरूमा गुर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी होटल, एनआइएमबी डिभेन्चर र सुर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् । गुर्खाजको १४ करोड ९८ लाख ८४ हजार ९१० रुपैयाँ ३० पैसाको कारोबार भएको छ ।

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

प्रतिक्रिया