त्रिविको लापरबाही : परीक्षा हुन लाग्दा प्रश्नपत्र छैन, परीक्षा स्थगित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मंगलबारको अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित गरेको छ ।
ब्याचलर इन अटोमोबाइल इन्जिनियरिङ तेस्रो वर्षको दोस्रो भागकाे एएम ६५१ अटोमोबाइल कम्पाेनेन्ट डिजाइन विषयको परीक्षा स्थगित गरेको हो ।
आज भएको एएम ६५१ को अटोमोबाइल कम्पाेनेन्ट डिजाइन विषयको परीक्षा त्रिविले आजै विशेष कारणवश भन्दै स्थगित गरेको हो । तर, उक्त विषयको प्रश्नपत्र नआएकाले परीक्षा स्थगित भएको एक परीक्षार्थीले बताएका छन् । त्रिवि यस प्रकारको कृयाकलापहरू त्रिविले दोहोर्याउँदै आफ्नो लापरबाहीको सीमा नाघेको प्रष्ट देखाएको छ ।
त्रिविअन्तर्गत परीक्षा नियन्त्रण महाशाखाले आज एक सूचना जारी गर्दै स्थगित गरिएको परीक्षा आगामी चैत २८ गते दिउँसो १ बजेदेखि सञ्चालन हुने जनाएको छ ।

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

प्रतिक्रिया