घुस लिने भूमिसुधारका नासुसहित दुई जनालाई कैद र जरिवाना

काठमाडौँ- विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुई जनालाई सजाय सुनाएको छ । भूमिसुधार कार्यालय महोत्तरीका नायव सुब्बा र लेखापढी व्यवसायीलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गत वैशाखमा दायर मुद्दामा फैसला गरेको हो । घुस लिई भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै विशेषले नासु रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाषचन्द्र लाल कर्णलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि यसै वर्ष ७ वैशाखमा मुद्दा चलाएको थियो । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार पण्डितलाई एक महिना कैद र नौ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
जलेश्वरमै भूसेवा केन्द्र सञ्चालन गर्दै आएका लेखापढी व्यवसायी कर्णलाई विशेषले मतियार ठहर गर्दै आधा सजाय गरेको छ । उनलाई १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो ।
कर्णले पण्डितले भनेअनुसार सेवाग्राहीसँग नौ हजार घुस लिएको भेटिएको थियो । घुसबापतको रकम लिइसकेको अवस्थामा १८ फागुन २०७९ मा कर्णलाई रंगेहात नियन्त्रणमा लिइएको थियो । दाखिला खारेज गरी जग्गाधनी पुर्जा दिलाइदिने प्रयोजनका लागि पण्डितले घुस मागेका थिए ।

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

प्रतिक्रिया