ताइवान भूकम्प : ठूला भवनमा क्षति (तस्बिरहरू)

काठमाडौँ- ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानका अधिकारीहरूले एक जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । ताइवानको राष्ट्रिय फायर एजेन्सीका अनुसार दर्जनौं घाइते भएका छन् । ठूला भवनहरूमा क्षति पुगेको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार ताइवानको दमकल विभागले एक जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको जनाएको छ ।
प्रहरीले ह्वालियनमा आंशिक रूपमा भत्किएको भवनबाट कम्तीमा नौ जनालाई उद्धार गरेको छ र पाँच जना अझै पनि उद्धारका लागि पर्खिरहेको टिभिबिएसले जनाएको छ ।
भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ ।
भूकम्प मापन अधिकारीहरूका अनुसार यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प हो ।
सन् १९९९ मा ताइवानमा ७.७ म्याग्निच्युडको भूकम्पले २४ सय मानिसको ज्यान लिएको बीबीसीले जनाएको छ । त्यस्तै उक्त भूकम्पले पाँच हजार भवन ध्वस्त पारेको थियो । त्यस्तै सन् २०१८ मा पनि ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
तस्बिरहरू : रोयटर्स, मिरर र टिभिबिएस

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

मस्को परेडपछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यवाद

गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

रूसमा अन्तर्राष्ट्रिय सहभागितासहित ऐतिहासिक सैन्य परेड
पोप लियोलाई चीनको बधाई, ‘रचनात्मक संवाद’ का लागि पहल हुनेमा विश्वास व्यक्त

प्रतिक्रिया