आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सांसद सुवेदीको सरकारलाई प्रश्न- वीर अस्पतालको आकस्मिक कक्षलाई किन गोदाम घर बनाइयो ? (भिडियोसहित)

काठमाडौँ- कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति तथा सांसद विमला सुवेदीले वीर अस्पतालको अस्तव्यस्तताबारे सदनमा प्रश्न उठाएकी छिन् । 

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले वीर अस्पतालको आकस्मिक कक्षमा रहेको बेडमा तीन जना बिरामी राखी उपचार गराइरहेको विषयमा प्रश्न उठाएकी हुन् । 

'वीरको कक्षलाई गोदाम घर बनाइएको छ, बिरामीहरू आईसीयु खोज्दै विभिन्न निजी अस्पताल भौतारिरहेका छन्', उनले भनिन्, 'अस्पतालका कोठा किन गोदाम घर भए ।' 

उनले अस्पतालको बेतिथिबारे प्रश्न गर्दा जनशक्ति अभावका कारण भनेको जानकारी पाएको बताइन् । वीर अस्पतालका दुई सय कर्मचारीलाई हटाउँदा वीर अस्पताल गोदाम घर बनेको उनको भनाइ छ ।  

उनले जनशक्ति अभावलाई तुरुन्त पूरा गर]/ आकस्मिक कक्ष, सघन र अति सघन कक्षलगायतबाट दिएको सेवा तत्काल सुचारु गर्न सरकारको ध्यानाकर्षण गराइन् ।