सेयर बजार ३ अंकले घट्यो

काठमाडौँ - साताकाे चाैंथाे दिन आज सेयर बजार ३.४३ अंकले घटेर २ हजार ६ दशमलव ७८ अंकमा रोकिएको छ । तीन सय २२ कम्पनीकाे ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ ६७ पैसा कारोबार भएको छ ।
आज सेयर खरिद बिक्री ५२ हजार ६५ पटक भएको छ । आज सर्वाधिक सेयर बढ्नेमा गुराँस लघुवित्त कम्पनी रहेको छ । जसको सेयर १० प्रतिशतले बढेको छ । यस्तै विन नेपाल लघुवित्त संस्थाको ९.९७, मानुषी लघुवित्त वित्तीय संस्थाको ९.९१, गनपति लघुवित्त वित्तीय संस्थाको ८.३९ र सीर्जनशील लघुवित्त वित्तीय संस्थाको ७.६९ प्रतिशतले सेयर बढेको छ ।
यस्तै सर्वाधिक सेयर घट्नेमा रिभर फलस पावल लिमिटेड रहेकाे छ । यस्तै, मन्दाकिनी हाइड्रोपावरको ४.८, बोटल्स नेपाल (तराइ) लिमिटेडको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.५९ र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीकाे ३.४७ प्रतिशतले सेयर घटेको छ, ।
यस्तै सर्वाधिक सेयर कारोबार गर्नेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ ।

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

प्रतिक्रिया