छानबिन समिति गठन नगर्नुले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता पुष्टि भयाे : महत्त

काठमाडाैँ - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसदीय छानबिन समिति गठन गर्न ढिलाई हुँदा त्यसको औचित्य झन् पुष्टि हुँदै गएको बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न कांग्रेसले लगातार संसदीय समिति गठनको माग राख्दा पनि त्यसलाई बेवास्ता गर्नुले छानबिनको औचित्य पुष्टि हुँदै गएको बताएका हुन् ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न तयार नहुनुले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको स्पष्ट भएको उनले बताए । उनले कुनै दोष नहुँदा संसदीय छानबिन समिति गठन गर्न अप्ठेरो मान्नुपर्ने अवस्था नै नरहेको धारणा राखे । महतले सरकार नै अप्ठ्यारोमा पर्ने डरले प्रधानमन्त्रीले पनि छानबिन समिति गठन गर्न नचाहेको जिकिर गरे ।
त्यस्तै उनले कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने पार्टी अरु कुनै नरहेको दाबी गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया