लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा दिँदै

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामाको तयारी गरेका छन् । बिहीबार अपरान्ह ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने भएका हुन् ।
केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना नदेखेपछि राजीनामा गर्ने तयारी गरेका हुन् ।
प्रदेश राजधानी दाङको राप्तीमा दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ ।
गत वैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुखमन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् ।
८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, जसपा, राप्रपा र लोसपाको ३-३ तथा एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र सांसदको १-१ सिट रहेको छ । बहुमतको लागि ४४ मत आवश्यक पर्दछ ।
नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी रहन्छ । नयाँ सत्ता समीकरणमा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

प्रतिक्रिया