आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

जसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने

काठमाडौँ- सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम-२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम-२ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरेको हो ।

जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरे पनि उम्मेदवारको टुंगो भने लगाएको छैन ।