इतिहासमा आज : आजै भएको थियो कम्युनिस्ट घोषणापत्रको पहिलो नेपाली अनुवाद प्रकाशन

काठमाडौँ- आज चैत २३ गते अर्थात अप्रिल ५ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ती केहि महत्वपूर्ण घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
नेपालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना विवादका बीच भएको थियो । भारतको कलकत्तामा रहेका पुष्पलाल श्रेष्ठ नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएर मार्क्सवादको अध्ययनमा जुटेका थिए । उनले वि.सं २००५ चैत २३ गते ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए । यो नै नेपालीमा प्रकाशित पहिलो मार्क्सवादी रचना थियो ।
सन् १७६४ अप्रिल ५ मा बेलायतको संसदले अमेरिकन राजस्व अधिनियम पारित गरेको थियो । जसलाई चिनी ऐन पनि भनिन्छ ।
सन् १७९२ अप्रिल ५ मा अमेरिकामा कांग्रेस बिलको राष्ट्रपतिले भिटो प्रयोग गरेका थिए ।
सन् १९१८ अप्रिल ५ मा जनरल एरिक लुडेनडोर्फले पहिलो विश्वयुद्धको अन्तिम प्रमुख जर्मन आक्रमणको पहिलो चरण अप्रेशन माइकलको औपचारिक रूपमा अन्त्य गरेका थिए ।
त्यस्तै सन् १९५१ अप्रिल ५ मा जुलियस र एथेल रोजेनबर्गलाई सोभियत संघको लागि जासुसी गर्ने षड्यन्त्र गरेको आरोपमा अमेरिकाको न्युयोर्कमा दोषी ठहरिएपछि मृत्युदण्डको सजाय सुनाइएको थियो ।
सन् १९८६ अप्रिल ५ मा पश्चिम बर्लिन डिस्कोथेकमा भएको बम विष्फोटमा दुई अमेरिकी सैनिक र एक टर्कीकी महिलाको मृत्यु भएको थियो । त्यस घटनाले एक हप्ताभन्दा बढी पछि लिबियामा अमेरिकी हवाई आक्रमण भयो ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया