बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी- जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका- ८ झौलेक मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताए ।
दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

प्रतिक्रिया