इतिहासमा आज

काठमाडौँ- आज चैत २४ गते अर्थात अप्रिल ६ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
वि.सं २०४६ चैत २४ गते तत्कालीन राजा वीरेन्द्र शाहले मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकार विघटन गरी लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाए ।
२०४६ सालको जनआन्दोलन चरम उत्कर्षमा पुगेको बेला काङ्ग्रेस नेता गणेशमान सिंहले आन्दोलनको नेतृत्व गरेका थिए भने नेकपा माले, नेकपा मार्क्सवादी, नेपाल मजदुर किसान पार्टीलगायतले संयुक्त वाममोर्चा बनाएका थिए । नेकपा मसाललगायतका पार्टीहरूले संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएर आन्दोलनमा भाग लिएका थिए ।
सन् १८६२ अप्रिल ६ मा टेनेसीमा शिलोको गृहयुद्ध सुरु भयो । कन्फेडेरेट सेनाहरूले युनियन सेनाहरूविरुद्ध आक्रमण सुरु गरेका थिए । जसले अर्को दिन कन्फेडेरेटहरूलाई पराजित गरेको थियो ।
सन् १८९६ अप्रिल ६ मा पहिलो आधुनिक ओलम्पिक खेलहरू औपचारिक रूपमा एथेन्स ग्रीसमा खेलिएको थियो ।
सन् १९०९ अप्रिल ६ मा अमेरिकी अन्वेषक रोबर्ट ई पेरी, म्याथ्यू ए हेन्सन र चार इनुइट्स उत्तरी ध्रुवमा पुग्ने पहिलो पुरुष भएका थिए ।
सन् १९१७ अप्रिल ६ मा अमेरिका पहिलो विश्वयुद्धमा प्रवेश गर्यो । जर्मनीविरुद्ध युद्धको घोषणालाई अनुमोदन गर्न सिनेटमा सामेल भएपछि तत्कालीन राष्ट्रपति वुड्रो विल्सनले हस्ताक्षर गरेका थिए ।
सन् २०२२ अप्रिल ६ मा युक्रेनी बन्दरगाह सहर मारिउपोलका मेयरले रुसी सेनाले गरेको आक्रमणमा पाँच हजारभन्दा बढी सर्वसाधारण मारिएको बताएका थिए ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया