चितवनमा खोरेतविरुद्धको खोप अभियान

चितवन- जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो ।
अभियानअन्तर्गत पालिकाका सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।
“आजदेखि अभियान थालेका छौं यो अभियान वैशाख ५ गते सम्म सञ्चालन हुनेछ । हाम्रो अभियान पालिकाका पशुलाई रोगमुक्त बनाउनु हो । ” उनले भने, “पहिलो चरणमा गाई, भैँसी र बङ्गुरलाई खोपलगाइनेछ ।” बाख्रालाई भने भर्खरै पिपीआर रोगविरुद्धको खोप लागएकाले केही समयपछि मात्र खोरेतविरुद्धको खोप लगाइने उनले बताए ।
खोरेत लागेका पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने, ज्वरो आउनेलगायत लक्षण देखिने पशु विकास अधिकृत पौडेलले बताए । अभियानलाई सफल पार्न किसानका घरगोठमा पुगेर खोप लगाइने जानकारी पनि उनले दिए ।
हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

भोटेकोसीमा बाढी, सतर्क रहन आग्रह

बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

प्रतिक्रिया