कांग्रेस पार्टीलाई विचार र व्यवहारमै शुद्धीकरण गर्नुपर्छ : महामन्त्री थापा

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई विचार र व्यवहारमै शुद्धीकरण गर्नुपर्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले महासमितिबाट केही विषयमा पार्टीभित्र शुद्धीकरण सुरु भइसकेको भन्दै आगामी वर्ष पार्टीलाई पूर्ण रूपमा विचार र व्यवहारमै शुद्धीकरण गर्नुपर्ने बताएका हुन् । उनले संगठनलाई सुदृढ बनाउँदै समयमा नै अधिवेशन गर्नुपर्ने र पुराना नेताहरूलाई सम्मानका साथ बिदाइ गर्नुपर्ने धारणा राखे ।
उनले अरू जस्तै हुने कोसिस गर्दागर्दै पार्टीले आफ्नो मौलिकता गुमाएको भन्दै यसमा नेतृत्वले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । थापाले कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण अपराधी बनाइनु गलत भए पनि अपराध गरेर कांग्रेस भएकै कारण जोगिनुपर्छ भन्ने कुरामा कांग्रेसले अडान लिनुपर्ने बताए ।
उनले यसअघि दुई पटक बहुमत पाउँदा कांग्रेसले पार्टी जोगाउन नसकेको भन्दै ८४ मा बहुमत पाए पार्टी कसरी अघि बढ्ने भन्ने कुरा जनतामा स्पष्ट पार्नसक्नुपर्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया