बिरामी निशाको परिवारलाई अभिनेत्री करिष्मा र रेजिनाको आर्थिक सहयोग

काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल निशा घिमिरेको परिवारलाई अभिनेत्री श्री करिष्मा मानन्धर र रेजिना उप्रेतीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने आह्वानका साथ करिष्माले निशाका पिता प्रेम प्रसाद घिमिरेलाई २५ हजार नगद सहयोग गरेकी हुन् ।
यसैगरी चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले १० हजार परिवारलाई हस्तान्तरण गरेकी थिइन् । उनले अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार र अमेरिकामै रहेका प्रकाश थापाले पठाएको १० हजार रुपैयाँ पनि निशाका पितालाई प्रदान गरेकी थिइन् ।
भारतमा दुर्घटनामा परेकी निशालाई राहत बाँड्ने क्रममा कलाकारले भेटेपछि उनको उपचारका लागि सहयोगको आह्वान गरिएको थियो । हाल उनको नर्भिकले निःशुल्क उपचार गराइरहेको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया