इतिहासमा अप्रिल ७

काठमाडौँ- आज चैत २५ गते अर्थात अप्रिल ७ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
नेपालमा २०६२ चैत २२ गतेदेखि जनआन्दोलन सुरू भएको थियो । चैत २५ गते प्रहरीले पाटन र कीर्तिपुरमा आन्दोलनकारीमाथि रबरको गोली चलाउँदा तीन जना घाइते भएका थिए । आम हड्तालको समर्थनमा नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीद्वारा कार्यालयको काम ठप्प पारेका थिए भने सरकारी स्वामित्वमा रहेका नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणको कर्मचारीद्वारा लोकतन्त्रको पक्षमा नाराजुलुस गरिएको थियो ।
त्यस्तै सन् १८६२ अप्रिल ७ मा जनरल युलिसिस एस. ग्रान्ट र मेजर जनरल डन कार्लोस बुएलको नेतृत्वमा संघ सेनाले टेनेसीको शिलोहको युद्धमा कन्फेडेरेटहरूलाई पराजित गरेको थियो ।
सन् १९२२ अप्रिल ७ मा अमेरिकामा टीपोट डोम घोटालाको सुरुवात भएको थियो । जब आन्तरिक सचिव अल्बर्ट बी फलले वायोमिङ र क्यालिफोर्नियामा अमेरिकी नौसेनाको पेट्रोलियम भण्डारहरू तेलकर्मी ह्यारी एफ सिन्क्लेयर र एडवर्ड एल डोहेनीलाई नगदको सट्टामा भाडामा दिने गोप्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सन् १९४५ अप्रिल ७ मा दोस्रो विश्वयुद्धको दौडानमा अमेरिकी विमानहरूले जापानी जहाजलाई नष्ट गरेको थियो । जसमा यामाटो नामक युद्धपोत पनि समावेश थियो, जुन आत्मघाती अभियानमा ओकिनावातर्फ गइरहेको थियो ।
सन् १९५९ अप्रिल ७ माओक्लाहोमा जनमत संग्रह गर्दै मादक पेयमा राज्यको प्रतिबन्ध रद्द गरेको थियो ।
सन् १९९४ अप्रिल ७ मा रुवान्डामा गृहयुद्ध सुरु भएको थियो । त्यसको एक दिनपछि एक रहस्यमय विमान दुर्घटनाले रुवान्डा र बुरुन्डीका राष्ट्रपतिहरूको ज्यान लिएको थियो ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया