लुम्बिनीका मुख्यमन्त्री महराले सपथ लिँदै

दाङ- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो १:४५ बजे सपथ लिने छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन् ।
मुख्यमन्त्रीको सपथसँगै उनले केही मन्त्रीलाई सपथ ग्रहण पनि गराउने छन् । तर, अझै नाम भने टुंगो भइसकेको छैन ।
नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले गत बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई एमाले, जसपा, नाउपा, नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया