आर्सनल शीर्ष स्थानमा उक्लिँदा सिटीको पनि जित

काठमाडौँ- आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिँदा साविक विजेता म्यानचेस्टर सिटीले पनि जित हात पारेको छ ।
शनिबार राति सम्पन्न खेलमा ब्राइटनलाई ३-० गोलअन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।
ब्राइटनमाथिको जितसँगै आर्सनलले ३१ खेलबाट ७१ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । ३० खेलबाट ७० अंक जोडेको लिभरपुल भने दोस्रो स्थानमा झरेको छ ।
यता ३१ खेलबाट ७० अंक जोडेपनि गोलअन्तरमा पछि परेका कारण म्यानचेस्टर सिटी भने तेस्रो स्थानमा यथावत छ ।
शनिबार राति आर्सनललाई जित दिलाउन बुकायो साका, काइ हाभार्ज र लियान्द्रो ट्रोसार्डले एक-एक गोल गरे ।
यता शनिबार नै म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोलअन्तरले पराजित गर्यो । सिटीको जितमा केभिन डी ब्रुयनले २ तथा रिको लेविस र अर्लिङ हालान्डले एक-एक गोल गरे ।
क्रिस्टल प्यालेसका लागि जिन-फिलिप माटेटा र ओड्सन इडोआर्डले एक-एक गोल फर्काए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया