फ्रेन्डसिप कप : गुजरातविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ- भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुँदैछ ।
गुजरातको भापिमा हुने यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै गुजरातले पहिला बलिङ गर्ने भएको छ ।
यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अभिनास बोहरा ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया