न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम् उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने सहमति भएको छ ।
आइतबार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि भएको छलफलका क्रममा जिल्ला न्यायाधीशका लागि न्यूनतम् ५० प्रतिशत अङ्क ल्याउनुपर्ने प्रावधानलाई संशोधन गर्दै ४० प्रतिशत कायम गर्ने सहमति भएको हो । यसअघिको प्रावधानमा धेरै अनुत्तीर्ण भएको हुँदा केही परिमार्जन गरेर जानुपर्ने विषय सांसदहरूबीच एकमत रहेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विधेयकमा रहेका विषयहरूमा गहन छलफल गरेर थप विषयमा निष्कर्षमा पुग्न सकिने बताए । उनले अरू निकाय र जिल्ला न्यायाधीशका लागि फरक फरक व्यवस्था गर्नुभन्दा पनि समान न्यूनतम् उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने नीति लिनुपर्ने बताए ।
बैठकमा अधिकांश सांसदहरूले जिल्ला न्यायाधीशको परीक्षामा एक जनामात्रै पास भएकाले फेल भएकालाई पनि न्यायाधीश बनाउनुपर्ने अवस्था आउन नदिन न्यूनतम् उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएका थिए ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_TY7SyeEtLn_abzaw90wmw2bb70elm8rfucwssqgelh8cfe0z6cgf5uqlpiuakolc7ytjsd2.jpg)
प्रतिक्रिया