जनप्रदर्शन रोक्ने प्रयास नगर्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिँदै ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेका हुन् ।
भृकुटीमण्डपबाट ११ बजेदेखि सुरु हुने जनप्रदर्शनले शहरका विभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने उनले जानकारी दिए । अध्यक्ष लिङ्देनले आफूहरूको एजेण्डामा सहमत जनाउनेहरूलाई पनि प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र समेत बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने लगायतका रहेका छन् ।
अध्यक्ष लिङ्देनले आफूहरूको यस जनप्रदर्शनलाई कमल थापा नेतृत्वको राप्रपा नेपालसहित अन्य दलले पनि समर्थ गरेको बताए । उनले आफूहरूको प्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी नगर्न चेतावनी दिँदै त्यसो गरेमा राप्रपाले प्रतिकार गर्ने बताए । उनले प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताउँदै सरकारले जुलुसलाई रोक्ने र उत्तेजित बनाउने काम नगरोस् भन्ने चेतावनी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया