कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुटसम्बन्धी योजना सार्वजनिक

काठमाडौँ- एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुटसम्बन्धी योजना सार्वजनिक गरेको हो ।
वि.सं. २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रूपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट हुने बैंकले जनाएको छ ।
क्र.सं. कर्जाको वर्गीकरण छुट
१. कमसल १० प्रतिशत
२. शंकास्पद १५ प्रतिशत
३. खराब २० प्रतिशत
‘मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नुहुनेछ,’ बैंकले भनेको छ ।
यस योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूले वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले देशभर ३६० शाखा, ६७० एटिएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

कामना सेवा विकास बैंक बिपिए अवार्ड २०२४ (गोल्ड) बाट सम्मानित

एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहक महानुभावह…

प्रतिक्रिया