प्रिमियर लिगः टोटेनहम चौथो स्थानमा उक्लियो

काठमाडौँ- टोटेनहम इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा नटिङ्घम फरेस्टलाई ३-१ गोलअन्तरले पराजित टोटेनहम तालिकाको चौथो स्थानमा उक्लिएको हो ।
फरेस्टमाथिको जितसँगै टोटेनहमले ३१ खेलबाट ६० अंक जोडेको छ । पाँचौँ स्थानको एस्टन भिल्लाको ६० अंक भएपनि गोलअन्तरमा टोटेनहम माथि छ ।
आइतबार राति टोटेनहमलाई जित दिलाउन मिक्की भान डी भेन र पेद्रो पोरोले एक-एक गोल गर्दा फरेस्टका मुरिलोले एक आत्मघाती गोल गरे ।
फरेस्टका लागि क्रिस उडले एक गोल फर्काए । ३२ खेलबाट २५ अंक जोडेको फरेस्ट १७ औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया