बारा र पर्सामा एक साता निषेधाज्ञा थपियो

जनकपुरधाम : प्रदेश २ को बारा र पर्सा जिल्लामा एक÷एक साताको निषेधाज्ञा थपिएको छ । कोभिड संक्रमणको दर नघटेको भन्दै यी दुवै जिल्लामा जेठ ३० गते रातिदेखि १२ बजेदेखि लागू हुने गरी जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । संक्रमणदर तीव्ररुपमा बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिमा खाद्यवस्तु, तरकारी, दुग्ध पदार्थ, फलफुललगायतका अत्यावश्यक सामग्रीका पसल बिहान ६ देखि १२ बजेसम्म खुल्नेछन् । जिल्ला प्रशासनले आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने पनि बताइएको छ ।
त्यस्तै पर्साका जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि काभिड संक्रमण दर फैलिन नदिन थप एक साता निषेधाज्ञा लम्ब्याइएको बताए । पर्सा जिल्लामा आज राति १२ बजेदेखि लागू हुने गरी असार ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो । यसअघि बिहान ८ बजेसम्म खुल्दै आएको खाद्यवस्तु, तरकारी, दुग्ध पदार्थ, फलफुल लगायतका अत्यावश्यक सामग्रीका पसल भने बिहान १२ बजेसम्म खुल्नेछन् ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया